विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, स्थिति तनावग्रस्त



हाम्रो इकोनोमि

 

 

प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन जारी राखेका छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप भएका कारण स्थिति तनावग्रस्त भएको छ । प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ ।

कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ । आइतबारबाट प्रदेशसभा भवन घेर्न भन्दै भेला भएका प्रदर्शनकारीले एकै रंगको पोशाक र हेलमेट प्रयोग गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेपछि प्रदेश सभा र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारेको छ । कोशी प्रदेश सभाको बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको नाम राखेपछि पहिलोपटक बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...