भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दै प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । उनीहरूलाई दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले आजै पूर्वपराराष्ट्र सचिव, भारतका लागि पूर्वराजदूत र विज्ञहरूसँग पनि परामर्श गर्दैछन्। परामर्श दिउँसो साढे तीन बजेका लागि तय भएको छ । प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणको तालिका सार्वजनिक गरिएको थियो । शनिबार नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० गतेसम्म औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन् । यस भ्रणमा नेपाल र भारतका कम्पनीबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहलगायतका विषयमा समझदारी गर्ने तयारी रहेको बताइएको छ । यद्यपि भ्रमणको एजेन्डा र टोली सदस्यको टुंगो लाग्न भने बाँकी रहेको बताइएको छ । यसबारे परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...