गम्भीर आरोप बोकेर सदन चल्न दिन्नौं : सुवास नेम्वाङ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पशुपतिमा लगाइएको जलहरी पित्तलको प्रमाणित भए पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभामा माओवादी सांसद लेखनाथ दाहालले जलहरीमा ओली सरकारले भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले यस्तो चुनौती दिएका हुन् । उनले भने, ‘सत्ता पक्षतर्फबाट जिम्मेवार सांसदले जुन कुरा राख्नुभयो त्यो कुनै आधार छैन गैरजिम्मेवार छ । आफू सरकार चलाई राख्नुभएको छ । सम्पूर्ण डाडूपन्यूँ आफ्नो हातमा छ । कानूनविपरीत भएका काम कारबाहीमा कारवाही गर्ने अधिकार छ । सरकारलाई सबै कुरा थाहा छ । उहाँले भन्नुभएको मलाई विश्वास लागेन मैले घरिघरि खोलेर सुनेँ ।’ नेम्वाङले पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको गम्भीर आरोप तथ्यमा माग गरे ।

उनले भने, ‘पशुपतिमा लगाएको सुन होइन, पित्तल हो भनियो । यसबारे जनताले बुझ्न पाउनुपर्छ, सरकारले यो विषयमा जवाफ दिनुपर्छ । कुनै पनि भ्रष्टाचारका मुद्दामा कोही पनि उम्किनु हुँदैन । सत्ता पक्षले सुनको जलहरी चढाउने भनेर पित्तलको जलहरी चढाइयो भनेर भ्रष्टाचारको आरोप हामीमाथि लगायो । सत्ता पक्षले भनेपछि यो हो भन्ने हुन्छ, जनतामा त्यही कुरा जान्छ । हामी यस्तो आरोप टाउकोमा बोकेर प्रक्रिया अघि बढाउन सक्दैनौँ । यो आरोप टाउकोमा बोकेर हिँड्न सकिँदैन । दूधको दूध, पानीको पानी गरियोस् । यो सुनको जलहरी होइन भने कारबाही गरियोस् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...