रेशम चौधरीलाई आममाफी दिन हुदैन : चित्रबहादुर केसी



 

 

राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको आपत्ति जनाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टी विज्ञप्ति जारी गर्दै टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो ।’ टिकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने भन्दै चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गरेका छन् ।

थरूहट थारूवानले कैलालीको टिकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो। त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी अदालतले तोकेको जन्मकैदको सजाय सुनाएको थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा छाड्ने तयारी गरेपछि सरकारलाई समर्थन गरेको जनमोर्चाले विरोध जनाएको हो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्