रेशम चौधरीलाई आममाफी दिन हुदैन : चित्रबहादुर केसी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको आपत्ति जनाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टी विज्ञप्ति जारी गर्दै टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो ।’ टिकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने भन्दै चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गरेका छन् ।

थरूहट थारूवानले कैलालीको टिकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो। त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी अदालतले तोकेको जन्मकैदको सजाय सुनाएको थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा छाड्ने तयारी गरेपछि सरकारलाई समर्थन गरेको जनमोर्चाले विरोध जनाएको हो ।

प्रतिक्रिया दिनुहोस
सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...

आज ४ बजे देखि भोलि बिहान ६ बजे सम्म तीव्र गतिको हावाहुरी चल्ने

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु...

देउवा पक्ष कांग्रेसको भेलामा को–को पुगे ?

    नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ...

वाणिज्य बैंकहरुको नाफा ४९ अर्ब २१ करोड, सबैभन्दा बढी नबिलले कमायो

    वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...