भ्रष्टाचारमा जबरजस्ती मुछ्न खोजिए एमालेले सहँदैन : केपी ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई मुछ्न खोजियो भने त्यो सह्य नहुने बताएका छन् । पार्टीको जनसंगठन समन्वय संयन्त्रले आज काठमाडौंमा आयोजना गरेको जनसंगठन पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्नुहुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेको कुनै संलग्नता नरहेको र कसैले जबरजस्ती मुछ्न खोजे एमालेले नसहने बताएका हुन् ।

‘पार्टीभित्रका कसैले त्यो काममा संलग्नता जनाएको ठहरिए त्यस्ता व्यक्तिलाई कारबाही गर्न एमाले स्वयम् अग्रसर हुन्छ र कारबाही गर्छ,’ अध्यक्ष ओलीले भने, ‘मिडिया प्रयोग गरेर, करकाप गरेर मानिसलाई नाम उच्चारण गर्न लगाएर नेकपा एमालेलाई मुछ्न खोजिन्छ भने एमालेलाई सह्य हुँदैन ।’

भ्रष्टाचार देश र इमानको शत्रु भएको तथा मानिसको नैतिकता, इमानबाट च्यूत हुने बताउँदै ओलीले अगाडि भने, ‘नेकपा एमाले त्यसमा (शरणार्थी प्रकरण) संलग्न थिएन, छैन र हुने छैन । नेकपा एमाले कुनै भैष्टाचारमा संलग्न थिएन र हुने छैन । यदि कसैले एमालेभित्र रहेर रहेर पनि एमालेका आदर्श, यसका मूल्य मान्यताविपरीत, उद्देश्यलाई आघात पुग्नेगरी अनुचित र अनैतिक क्रियाकलाप कसैले गर्छ भने नेकपा एमाले त्यस्तोमा कारबाही गर्न आफैं अग्रसर भएर अगाडि बढ्न ।’

कृष्ण बहादुर लोप्चन

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...