माओवादीको ४ पटक प्रधानमन्त्री बन्दा शान्तिप्रक्रिया टुङ्गोमा पुर्याउन कसले रोक्यो : बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले माओवादीबाट चार पटक प्रधानमन्त्री बन्दा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै बास्कोटाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन कसले रोक्यो ? भन्दै प्रश्न गरे । बाबुराम भट्टराईदेखि प्रचण्डसम्म माओवादीको ४ पटक प्रधानमन्त्री बन्दा शान्तिप्रक्रिया टुङ्गोमा पुर्याउन कसले रोक्यो ?,’ बास्कोटाले प्रश्न गरे । यस्तै उनले नीति तथा कार्यक्रम परिणाम नदिने खालको रहेको टिप्पणी गरे ।

सरकारको नीति तथा कार्यक्रम कांग्रेसको आर्थिक नीति र माओवादीको कथित जनयुद्धको फ्युजनले कन्फ्युजनमा परेको खास प्रकारको, फरक क्षमता भएको व्यक्तिले हात्तीको काम छामेको जस्तो, मनचिन्ते झोलीजस्तो, जे खोज्यो त्यही पाउने खासमा केही पनि नभेटिने, न मूर्त, अमूर्त नै अमूर्त भएको दस्ताबेज भएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...