माओवादीको ४ पटक प्रधानमन्त्री बन्दा शान्तिप्रक्रिया टुङ्गोमा पुर्याउन कसले रोक्यो : बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले माओवादीबाट चार पटक प्रधानमन्त्री बन्दा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै बास्कोटाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन कसले रोक्यो ? भन्दै प्रश्न गरे । बाबुराम भट्टराईदेखि प्रचण्डसम्म माओवादीको ४ पटक प्रधानमन्त्री बन्दा शान्तिप्रक्रिया टुङ्गोमा पुर्याउन कसले रोक्यो ?,’ बास्कोटाले प्रश्न गरे । यस्तै उनले नीति तथा कार्यक्रम परिणाम नदिने खालको रहेको टिप्पणी गरे ।

सरकारको नीति तथा कार्यक्रम कांग्रेसको आर्थिक नीति र माओवादीको कथित जनयुद्धको फ्युजनले कन्फ्युजनमा परेको खास प्रकारको, फरक क्षमता भएको व्यक्तिले हात्तीको काम छामेको जस्तो, मनचिन्ते झोलीजस्तो, जे खोज्यो त्यही पाउने खासमा केही पनि नभेटिने, न मूर्त, अमूर्त नै अमूर्त भएको दस्ताबेज भएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...