नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखिएकोप्रति योगेश भट्टराईको आपत्ति



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले कांग्रेसले जनयुद्ध स्वीकार गरेको भए हिस्ट्री सकिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखिएकोप्रति आपत्ति जनाए । २०७२ सालको संविधानपछि ‘जनयुद्ध’ शब्द नेपालको कुनै दस्तावेजमा उल्लेख नभएको भन्दै पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गर्न लगाएको उनले आरोप लगाए । उनले बीपी, गणेशमान, किसुनजी पछाडिको गिरिजाप्रसाद जस्ता व्यक्तित्वपछिको कांग्रेस अहिले निम्छरो बनेको उनको छ । उनले भने, ‘नीति कार्यक्रमको एक नम्बर बुँदा कांग्रेसले स्वीकार्छ भने कांग्रेसको ‘इन्ड अफ् द हिस्ट्री’ नै भएको हो । हिजो, हाम्रो अध्यक्षले इतिहासले बाईबाई त गर्दैन भन्नुभयो, सी यु लेटर भन्छ भन्नुभयो, नेपाली कांग्रेसको सन्दर्भमा यो अपवाद बन्नेछ । नेपाली कांग्रेसलाई हिस्ट्रीले बाइबाइ गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...