नीति तथा कार्यक्रम पुनर्लेखन गर्न राजेन्द्र लिङ्देनको माग



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले आगामी प्राथमिकता तय गर्न नसकेको बताएका छन् । सोमबार संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा लिङ्देनले नीति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटको योजना ल्याउन नसकेको र आगामी प्राथमिकता तय गर्न नसकेको भन्दै पुनर्लेखन गरेर ल्याउन सुझाव दिए ।

उनले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेर आत्मरतीमा रमाउँदा त्यसले केही फरक नपर्ने भन्दै देश र जनतामा फरक पार्ने कार्यक्रम आउनुपर्ने धारणा राखे । मुलुकको अवस्था सामान्य नरहेको र देशले आर्थिक संकट भोगिरहेको अवस्थामा यसको समाधानका उपायसहितको कार्यक्रम आउनुपर्ने धारणा उनको छ । यस्तै लिङ्देनले सरकारको कार्यक्रममा समावेश केही बिषयहरुको पनि कार्यान्वयनको अवस्थामा प्रश्नचिन्ह खडा भएको बताए । रबिन्द्र कुमार मगर

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...