नीति तथा कार्यक्रम पुनर्लेखन गर्न राजेन्द्र लिङ्देनको माग



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले आगामी प्राथमिकता तय गर्न नसकेको बताएका छन् । सोमबार संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा लिङ्देनले नीति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटको योजना ल्याउन नसकेको र आगामी प्राथमिकता तय गर्न नसकेको भन्दै पुनर्लेखन गरेर ल्याउन सुझाव दिए ।

उनले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेर आत्मरतीमा रमाउँदा त्यसले केही फरक नपर्ने भन्दै देश र जनतामा फरक पार्ने कार्यक्रम आउनुपर्ने धारणा राखे । मुलुकको अवस्था सामान्य नरहेको र देशले आर्थिक संकट भोगिरहेको अवस्थामा यसको समाधानका उपायसहितको कार्यक्रम आउनुपर्ने धारणा उनको छ । यस्तै लिङ्देनले सरकारको कार्यक्रममा समावेश केही बिषयहरुको पनि कार्यान्वयनको अवस्थामा प्रश्नचिन्ह खडा भएको बताए । रबिन्द्र कुमार मगर

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...