जनतालाई सास्ती हुने गरी कुनै तामझाम नगर्नू : राष्ट्रपति पौडेल



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा कुनै तामझाम नगर्न निर्देशन दिएका छन् । राष्ट्रपति पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद भवन बानेश्वर आउँदैछन् । नागरिकलाई सास्ती हुने भएकाले आफू संसद भवन जाँदा कुनै तामझामको व्यवस्था नगर्ने निर्देशन भइसकेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरले बताए । उनले भने, ‘उहाँबाट स्टिक्ली निर्देशन भइसकेको छ । पहिले झैं आज राष्ट्रपतिज्यू संसद जाँदा नागरिकलाई कुनै सास्ती हुँदैन ।’

सेनाले पुरानो परम्परा नमास्न आग्रह गरिरहेकाले संसद भवनको गेटबाट बग्गी अगाडि लाग्नसक्ने उनको भनाइ छ । यसअघि राष्ट्रपति निस्कँदा सडक नै खाली गराउने गरिएको थियो । तर, चौतर्फि विरोध भएपछि पौडेलले आफू निर्वाचित हुनुअघि नै आफू सामान्य रुपमा हिँड्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...