जनतालाई सास्ती हुने गरी कुनै तामझाम नगर्नू : राष्ट्रपति पौडेल



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा कुनै तामझाम नगर्न निर्देशन दिएका छन् । राष्ट्रपति पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद भवन बानेश्वर आउँदैछन् । नागरिकलाई सास्ती हुने भएकाले आफू संसद भवन जाँदा कुनै तामझामको व्यवस्था नगर्ने निर्देशन भइसकेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरले बताए । उनले भने, ‘उहाँबाट स्टिक्ली निर्देशन भइसकेको छ । पहिले झैं आज राष्ट्रपतिज्यू संसद जाँदा नागरिकलाई कुनै सास्ती हुँदैन ।’

सेनाले पुरानो परम्परा नमास्न आग्रह गरिरहेकाले संसद भवनको गेटबाट बग्गी अगाडि लाग्नसक्ने उनको भनाइ छ । यसअघि राष्ट्रपति निस्कँदा सडक नै खाली गराउने गरिएको थियो । तर, चौतर्फि विरोध भएपछि पौडेलले आफू निर्वाचित हुनुअघि नै आफू सामान्य रुपमा हिँड्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...