राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रष्टाचार विरोधी प्रदर्शन



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन दबाबस्वरूप राप्रपाले प्रदर्शन गरेको हो । वसन्तपुरमा आयोजित प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाहीलगायतका नेता र कार्यकर्ता सहभागी छन् ।

राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गरेको छ । त्यस्तै कसैको प्रभाव र दबाबमा नपरी दोषीमाथि कारबाही गर्न भनेको छ । २०४६ सालयता सार्वजनिक पद धारण गरेकाको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र अहिलेसम्मका भ्रष्टाचारका काण्डको छानिबन गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...