सत्ता स्वार्थका लागि कसैसँग एकता र सहकार्य हुदैन : केपी ओली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठेरो अवस्थामा पुग्दा पनि लामो इतिहास बोकेको कांग्रेसको भूमिका नदेखिएको भन्दै कांग्रेस पार्टीलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने अवस्थामा पुगेको बताएका छन् । सत्ता स्वार्थका लागि कसैसँग एकता र सहकार्य हुन नसक्ने स्पष्ट पारेका छन् । बुधबार मदननगर बल्खुमा आयोजना गरिएको मदन–आश्रित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलको गठबन्धन सरकार प्राप्त गर्नका लागि बनेको भन्दै एमालेले सत्ता स्वार्थका लागि कसैसँग गठबन्धन र एकता नगर्ने स्पष्ट पारेका हुन् ।

उनले अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यविहीन र नीतिविहीन भएको धारणा रखे । ओलीले राजनीति अस्थीरता र अराजकताबाट गुज्रिरहेको अवस्थामा सरकार टिकाउने खेलमा मात्रै गठबन्धनको ध्यान केन्द्रीत रहेको आरोप लगाए । ओलीले एमालेले सही बिचार लिएको र संगठन व्यापक भएपनि संगठनात्मक सुधार आवश्यक रहेको बताए । एकतावद्ध भएर सुदृढ प्रयास अघि बढाए अग्रज नेताहरुले छाडेर गएका अभिभाराहरुलाई पूरा गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...