जन्मकैद फैसला गरेपछि रेशम चौधरीले बोलाए नेताहरूलाई जेलमा



हाम्रो इकोनोमि

 

डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेताहरूलाई कारागारमै छलफलका लागि बोलाएका छन्।  टीकापुर घटनामा दोषी ठहर गर्दै उनलाई जन्मकैद हुने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि चौधरीले आफ्ना पार्टीका नेताहरूलाई कारागारमा बोलाएका हुन्।

पार्टीका संस्थापक नेता चौधरीले कारागारमै छलफलका लागि बोलाएको नागरिक उन्मुक्तिका महासचिव रतन थापाले जानकारी दिए।

‘सर्वोच्चको आदेशपछि फरक परिस्थिति उत्पन्न भएको छ। उहाँसँग छलफल गरेर धारणा बनाउनुपर्ने भयो। यही विषयमा आज एक बजे पत्रकार सम्मेलन पनि छ,’ उनले अहिले ११ बजे आफूहरू कारागार पुग्ने जानकारी दिए।

यता कारागार प्रशासनले भने नाउपाका नेताहरू आउन लागेको जानकारी नपाएको बताएको छ।

‘उहाँलाई अहिलेसम्म कसैले भेट्न आउनुभएको छैन। आउने कुनै जानकारी पनि पाएका छैनौं,’ डिल्लीबजार कारागारका जेलर रुमबहादुर महतले भने।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। मंगलबार सर्वोच्चले उच्च अदालतको फैसला सदर गरिदिएपछि उनी तत्काल जेलबाट निस्किने सम्भावना सकिएको छ।

रेशम चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्नेलगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मु्क्ति पार्टीले संसदमा ४ सिट जितेको छ। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्। उनी रेशम चौधरीकी श्रीमती हुन्।

प्रतिक्रिया दिनुहोस
संसदमा आज पनि विपक्षीको विरोध

    प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छन् । बैठक...

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

    राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा...

एमाले पुनर्गठन कार्यदलको बैठक ओलीकै अध्यक्षतामा

    नेतृत्व नछाड्ने अडान लिएका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी पुनर्गठन...

विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

     प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई  विज्ञान, प्रविधि तथा नवप्रवर्तन...