राष्ट्रपति अस्वस्थ भएपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने तयारी



हाम्रो इकोनोमि

 

 

सरकारले जेठ ५ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । मङ्गलवार बिहान बालुवाटारमा सभामुख देवराज घिमिरेसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ गते सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने जानकारी गराए । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने प्रचलन छ। तर, यस पटक राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ्य भएकाले प्रधानमन्त्रीले पढ्नेबारे छलफल भइरहेको कांग्रेसका प्रमुख सचेत रमेश लेखकले बताए । उनले भने, ‘राष्ट्रपतिको स्वास्थ्यमा पूर्णरुपमा सुधार आइसकेको छैन । त्यसैले राष्ट्रपतिले अलिकति सुरु गरेर प्रधानमन्त्रीले पढ्ने कि भनेर छलफल भइरहेको छ ।

नीति तथा कार्यक्रम प्रधानमन्त्री पढ्ने विषयमा सबै दलहरुबीच सहमति भइसकेको हो ? उनले भने, ‘त्यसलाई कार्य व्यवस्था परामर्श समितिको बैठकमै राखेर निर्णय गराउनुपर्छ । त्यही अनुसारको अहिले छलफल भइरहेको छ । प्रधानमन्त्रीले ४ गतेको बैठकमा संसदमा प्रश्नोत्तर गर्दैछन् । सरकारले संसद्मा उठेको विषयमा जवाफ नआएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि प्रश्नोत्तर गर्न लागेका हुन् । सरकारले जेठ १५ गतेभित्र आगामी वर्षको बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...