प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको बताए ।

उनले भने, ‘सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु ।’ जवाफमा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए । समितिको बैठकहरू उत्साहपूर्ण रूपमा सुरु भएको उल्लेख गर्दै सभामुख घिमिरेले सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको बताए । उनले सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको सांसदहरूको गुनासोलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...