बालकृष्ण खाणकी कान्छी श्रीमती ‘फरार’ सिड्नी पुगेको खुलासा



हाम्रो इकोनोमि

 

 

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेसँगै उनकी कान्छीपत्नी मञ्जु खाण सम्पर्कविहीन छिन् । उनी श्रीमानलाई भेट्न हिरासत नपुगेका कारण विभिन्न अड्कलबाजी भइरहेका छन् । खाण पक्राउ पर्ने दिनसम्म मञ्जु काठमाडौंमा नै थिइन् । तर, श्रीमान र श्रीमती अलग-अलग बसिरहेका थिए । खाण मैजुबहालमा रहेको एक कांग्रेस नेताको घरबाट पक्राउ परेका हुन् । मञ्जु भने कुपण्डोलस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् ।

गत वैशाख २७ गते बुधबार बालकृष्णलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीसँग जानुअघि उनले श्रीमतीसँग भिडियो कल गरेको समाचारहरुमा जनाइएको छ । खाण पक्राउपछि मञ्जुको मोबाइल अफ भएको थियो । अहिलेसम्म पनि निरन्तर अफ छ । मञ्जु कहाँ छिन् भन्ने विभिन्न अड्कल भइरहँदा उनी अष्ट्रेलियाको सिड्नी पुगेको विश्वसनीय सूचना  प्राप्त भएको छ । स्रोतका अनुसार श्रीमान पक्राउ परेको पर्सिपल्ट शुक्रबार बिहान ७ बजेतिर उनी सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी थिइन् ।

मञ्जुका छोरा क्षितिज कार्की र दाइ लामो समयदेखि सिड्नीमा बस्दै आएका छन् । छोराले नै मञ्जुलाई विमानस्थलमा रिसिभ गरेका थिए । अहिले छोरासँगै बसिरहे पनि उनी सार्वजनिक सम्पर्कमा छैनन् । उनले सोसल मिडिया पनि डिएक्टिभ गरेकी छन् । बालकृष्ण र मञ्जुको विवाह विवादित पनि छ । बालकृष्णले जेठी श्रीमतीसँग छोडपत्र नगरी मञ्जुसँग दोस्रो विवाह गरेका हुन् । मञ्जुको पनि यो दोस्रो विवाह हो । सिड्नीमा रहेका छोरा क्षितिज मञ्जुको पहिलो श्रीमानपट्टिका हुन् । पहिलो श्रीमानबाट मञ्जुका एक छोरी पनि छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...