रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी



हाम्रो इकोनोमि

 

 

नक्कली शरणार्थी भुटानी काण्डमा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले प्रतीकलाई पक्राउ गर्न प्रहरीलाई पुर्जी दिएको होे । सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको प्रकरणमा उनी पनि संलग्न भएको तथ्य फेला परेपछि प्रहरीले पक्रन लागेको हो । बादल गृहमन्त्री भएको बेलामा छोराले गिरोहलाई सहयोग पुर्याएको देखिएको बताइएको छ । प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईको बयानका आधारमा प्रतीक पनि अनुसन्धानमा तानिएका हुन् ।

तर, एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार रहेदेखि नै प्रतीक पनि बेपत्ता भएको बताइएको छ । यो काण्डमा टोपबहादुर रायमाझीका छोरा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायत १२ जना पक्राउ परिसकेका छन् । पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजू राणा र खाँणकी श्रीमती तथा सांसद मञ्जु खाँण विरुद्ध पनि यो काण्डमा संलग्न भएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...