रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी



हाम्रो इकोनोमि

 

 

नक्कली शरणार्थी भुटानी काण्डमा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले प्रतीकलाई पक्राउ गर्न प्रहरीलाई पुर्जी दिएको होे । सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको प्रकरणमा उनी पनि संलग्न भएको तथ्य फेला परेपछि प्रहरीले पक्रन लागेको हो । बादल गृहमन्त्री भएको बेलामा छोराले गिरोहलाई सहयोग पुर्याएको देखिएको बताइएको छ । प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईको बयानका आधारमा प्रतीक पनि अनुसन्धानमा तानिएका हुन् ।

तर, एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार रहेदेखि नै प्रतीक पनि बेपत्ता भएको बताइएको छ । यो काण्डमा टोपबहादुर रायमाझीका छोरा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायत १२ जना पक्राउ परिसकेका छन् । पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजू राणा र खाँणकी श्रीमती तथा सांसद मञ्जु खाँण विरुद्ध पनि यो काण्डमा संलग्न भएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...