आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना



हाम्रो इकोनोमि

 

 

बंगालको खाडीमा विकसित मोखा चक्रवातसमेतको असरले काठमाडौं उपत्यकासहितका पहाडी जिल्लाहरुमा आजदेखि तीन दिन बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बंगालको खाडीमा विकसित ‘मोखा’ नामको चक्रवातको आंशिक प्रभाव तथा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज, भोलि र पर्सि पहाडी भूभागमा वर्षा हुने पूर्वानुमान गरिएको हो । चक्रवातले भने नेपालमा धेरै असर गरेको छैन ।

अहिले कोशी र मधेश प्रदेशमा बदली बढेको छ । तर त्यसले मात्रै पानी पार्ने होइन,’ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सन्जिव अधिकारीले भने, ‘स्थानीय वायु र पश्चिमी वायु पनि हिजो अस्तीको भन्दा सक्रिय भएकाले दिउँसोमा काठमाडौं उपत्यकासहित देशभरको पहाडी भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ । मोखा चक्रवातको प्रभाव नेपालको पूर्वी भागमा बढी र पश्चिमी भागमा कम पर्ने पूर्वानमान छ । तर पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बढी देखिएको छ । त्यसैले देशभरकै पहाडी भागमा बदली र वर्षा हुने भएकाले केही दिनयताको चर्को घामबाट राहत महसुस हुनेछ ।

हिजो अस्तिको तुलनामा उच्चतम तापक्रम घट्ने सम्भावना छ,’ मौसम पूवानुमान महाशाखाले भनेको छ । काठमाडौं उपत्यकामा आज क्षणिक वर्षाको सम्भावना छ । तर आजभन्दा भोलि बढी वर्षा  हुने मौसमविद् अधिकारीले बताए । जल तथा मौसम विज्ञान विभागले सार्वननिक गरेको विभिन्न शहरहरुको सम्भावित मौसमी अवस्थामा पनि अधिकतम तापक्रम घट्ने सम्भावना औंल्याइएको छ । त्यसमा हिजो अस्तीको तुलनामा आज धेरै स्थानहरुमा पानी पर्ने सम्भावना देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...