उपेन्द्र सरकारमा नजाने, एक मन्त्रालय तीन आकांक्षी



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री नपठाउँदा सरकारले पूर्णता पाउन सकेको छैन । दश पटक मन्त्रिपरिषद् विस्तार गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म सरकारलाई पूर्णता दिन नसकेका हुन् । जसपाले आफ्नो भागमा परेको दुईमध्ये एक मन्त्रालयमा मात्रै मन्त्री पठाएको छ । अहिले जसपाबाट शिक्षा मन्त्रालय लिएर अशोक राई सरकारमा गएका छन् । जसपाबाट सरकारमा जान राज किशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत आकांक्षी छन् । तर, कतिपयले अध्यक्ष उपेन्द्र यादव नै सरकारमा जाने चर्चा गरिरहेका छन् । बारा २ बाट निर्वाचित रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनबाट यादव निर्वाचित भएका आएका छन् । सरकारलाई बलियो बनाउनका लागि प्रधानमन्त्री प्रचण्डले यादव सरकार आए हुने अपेक्षा राखेका छन् । अब जसपाको भागमा वन मन्त्रालय मात्रै छ । कतिपयले उपप्रधानसहित पाए अध्यक्ष यादव तयार रहेको बताउँदै आइरहेका छन् ।

तर, जसपा नेता राज किशोर यादव सरकारमा मन्त्री पठाउने जिम्मा अध्यक्ष यादवकै भएको बताउँछन् । उनी भन्छन्, ‘पार्टीले उहाँलाई नै जिम्मेवारी दिइसकेको छ । त्यसैले अस्तिको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा पनि छलफल भएन। अब कहिले उठाउनुहुन्छ उहाँलाई नै थाहा होला । अध्यक्ष यादव आफै सरकारमा जाने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘अध्यक्ष आफैँ सरकारमा जानुहुन्छ भन्ने मलाई लागेको छैन । त्यो सम्भावना मैले देखेको छैन । उनले अन्य नेताहरू पनि आकांक्षी भएपनि नवलकिशोर शाहको सम्भावना रहेको उनले बताए । यस्तै, अर्का आकांक्षी प्रदीप यादव पनि अब सरकारमा मन्त्री पठाउने जिम्मा अध्यक्षको भएको बताउँछन् । उनी भन्छन्, ‘पार्टीले निर्णय गरेर उहाँलाई अधिकार दिइसकेको छ । किन ढिलाइ भइरहेको छ। हामीलाई थाहा हुने कुरा भएन । उनले पनि अध्यक्ष यादव नै सरकारमा जाने भन्ने विषयमा अनभिज्ञता जनाए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...