रवि लामिछाने र प्रधानमन्त्रीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न शुक्रबार बिहान सभापति लामिछाने बालुवाटार पुगेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको विषयमा धन्यवाद दिँदै भ्रष्टाचारका विषयमा छानबिन गर्न खुट्टा नकमाउन रविले आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

लामिछानेले धन्यवाद दिएपछि प्रधानमन्त्रीले सरकारको काममा सहयोग गर्न आग्रह गरेका थिए । सरकारले भ्रष्टाचारको छानबिन गर्ने एजेण्डा न्यूनतम साझा कार्यक्रमबाट हटाएकोमा असन्तुष्टि पोख्दै रास्वपाले समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...