सरकारी सम्पति फिर्ता गरिसकेको छु, मैले चढ्ने गाडी पार्टीको हो : इश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सरकारी पदमा हुँदा आफूले प्रयोग गरेको सबै सम्पति फिर्ता गरिसकेको बताएका छन् । उनले चढ्ने गाडी निर्वाचन आयोगको भएको भन्दै समाचार आउन थालेपछि पोखरेलले उक्त समाचारको खण्डन गर्दै यस्तो बताएका हुन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको हैसियतसहित सरकारका विभिन्न मन्त्रालयको जिम्मेवारीमा रहँदा प्रयोग गरेको सरकारी गाडीलगायत सम्पूर्ण सरकारी सुविधा तथा उपकरण फिर्ता गरिसकेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् भनेको छन्, ‘मैले मन्त्री पदबाट विदा भएकै दिन सम्बन्धित निकायमा सरकारी गाडीलगायत सम्पूर्ण सरकारी सुविधा तथा उपकरण बुझाएको कुरा त्यसै बेला जानकारी गराइसकेको छु ।

आफूले चढ्ने गाडीको विषयमा आएको समाचार कपोकल्पित र झुटो भएको उनको दाबी छ । उनले आफूविरुद्ध लगाइएको यस्तो आरोपको पुष्टि गर्नसमेत चुनौति दिएका छन् । सञ्चारमाध्यमले उनले चढ्ने गाडी सरकारी दाबी गरेपनि पोखरेलले भने गाडी पार्टीले दिएको बताएका छन् । उनले लेखेका छन्, ‘हाल मैले चढिरहेको गाडी मलाई मेरो पार्टी कार्यालयले पदीय हैसियत बमोजिम जिम्मेवारी निभाउन प्रदान गरेको गाडी हो ।’ उनले प्रकाशित समाचार कपोलकल्पित र झुटो भएको भन्दै घोर भत्र्सना गरेका छन् ।

आफूमाथि विगतमा पनि पटक–पटक झुटो आरोप लगाउँदै चरित्रहत्या गरी जनमानसमा भ्रम फैलाउने कार्य गरिँदा आफ्नो पदीय गरिमा ख्याल गरी चुप बसेको उनले बताएका छन् । तर, उनले यो पटक भने आफूमाथि लगाइएको आरोप पुष्टि गर्नुपर्ने चुनौति दिएका छन् । उनले भनेका छन्, ‘मेरो इमान, निष्ठा र स्वाभिमानसँग आत्तिएका कुनै पनि व्यक्ति र शक्तिलाई मैले नियम विपरित गरेको कुनै क्रियाकलाप भए पुष्टि गर्न चुनौती दिन चाहन्छु ।’ निश्चित उद्देश्यका लागि परिचालित भई लगाइने यस्ता कपोकल्पित र आधारहीन लाञ्छनाबाट भ्रममा नपर्न उनले अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...