प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अनिश्चित



हाम्रो इकोनोमि

 

 

भारतको भ्रमण गरेर मात्र ढुक्कसँग आफ्नो काम अगाडि बढाउने मानसिकतामा रहेका प्रधानमन्त्री प्रचण्ड भ्रमणको तिथि तोक्न भारतीय पक्षबाट विलम्ब भएकोले चिन्तित र ब्यग्र बनेका छन् । प्रचण्ड पहिले-पहिले झैँ भारतलाई कुरैकुरामा ‘फस्ल्याङ फुस्लुङ’ पारेर भ्रमण सक्ने दाउमा हुनसक्छन् भन्ने बुझेर हुनसक्छ, यसपटक स्पष्ट योजना र कार्यक्रमसहित दिल्ली आउनुपर्ने सङ्केत भारतले प्रचण्डलाई दिएको छ । तर प्रचण्डले त्यसनिम्ति कुनै ठोस गृहकार्य नगरेको विषयलाई भारतले निकटबाट नियालिरहेको बताइन्छ । र, पूर्ण तयारी नभएसम्म प्रचण्डलाई दिल्ली भ्रमण नगराउने सोच भारतीय कुटनयिकहरूले बनाएको बुझिन्छ ।

एक सूत्रले जनाएअनुसार चीनबाट सैन्य सामाग्री खरिद गर्न भएको ठेक्का रद्द नगरिएसम्म प्रचण्डलाई दिल्लीमा स्वागत गरिने छैन । तर नयाँदिल्लीनिकट सूत्रले भने ठेक्काको विषय प्रमुख नरहेको जनाएको छ । आन्तरिक तयारी नभएको देखाएर भ्रमणको मिति निर्धारण नगरिएको भएपनि यसो हुनुको कारण भने भारतका प्रधानमन्त्रीको कार्यब्यस्तता भएको बताइएको छ । कर्णाटकको चुनावमा मोदी ब्यस्त रहनुपरेकोले समय नमिलेको पहिले बताइएको थियो, चुनावलगत्तै मोदी कम्तिमा दस दिनका लागि युरोप भ्रमणमा जाने कार्यक्रम निश्चित भइसकेको छ । मोदी युरोपबाट फर्किंदा नेपालको बजेट सेसन सुरु भइसक्ने छ, त्यस्तो अवस्थामा प्रचण्ड आफैलाई समय निकाल्न मुस्किल हुने देखिन्छ । त्यसैले जतिसुकै हतारिए पनि तत्काल प्रचण्डको भारत भ्रमण नहुने भएको छ । भारत गएर मात्र चीनलगायतका देशहरूको भ्रमणमा जाने मानसिकता बनाएर बसेका प्रचण्डले झोकैझोकमा अन्यथा निर्णय लिनसक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न । कदाचित त्यस्तो भयो भने प्रचण्डका निम्ति पुनः दुर्दिन सुरु हुनसक्ने नेपाल-भारत सम्बन्धका जानकारहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस
सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...