कोशी साझा पहिचान हो : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को नामकरण कोशीमै सहमति भइसकेको बताएका छन् । उनले ‘कोशी’ साझा पहिचान भएकाले विरोध गर्नुको औचित्य नभएको बताए । प्रदेशसभामा मतदान हुँदा नेकपा एसका सांसदहरू कोशीको विपक्षमा उभिएका थिए । कोशी नामकरण कुनै धर्म र संस्कृतिसँग जोडिएको छैन । यो प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महसुस गरेर अघि बढ्नुपर्छ’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेपालले भने ।

उनले कोशी प्रदेशका सबै जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले अपहेलित र उपेक्षित भएको महसुस नहुने गरी सरकारले काम गर्नुपर्ने बताए । उसले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुनेतर्फ ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...