देउवा पत्नि आरजु र पूर्वगृहमन्त्री खाँडले घुस लिएको अडिओ सार्वजनिक



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँडले नक्कली भुटानी शरर्णाथी प्रकरणमा मोटो रकम घुस लिएको अडिओ सार्वजनिक भएको छ । सार्वजनिक भएको अडिओमा आरजुलाई साढे दुई करोड र तत्कालिन गृहमन्त्री खाँडलाई ६ करोड अनामनगरको घरमा गएर बालकृष्ण खाँडकी श्रीमती मञ्जु खाँडलाई हातैमा ६ करोड बुझाएको वार्तालाप स्पष्ट सुन्न सकिन्छ । अडिओ पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक गरेका हुन् ।

 

 

सन्देश शर्मा भन्ने नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी र बिचौलियाहरुले पूर्व गृहमन्त्री बालकृष्ण खाँड र उहाँको श्रीमति मञ्जु खाँडलाई ६ करोड दिएको फोन वार्ताको अडियो रेकर्ड सरकारले दबाउन खोजेको थियो विशेष सुत्र बाट पत्ता लागेको छ । यो प्रकरणका दोषी कसैलाई छुटाउने र कसैलाई फसाउने प्रयत्न नहोस् ।’ पूर्वमन्त्री बस्नेतले भनेका छन् ।

उनले प्रकरणका दोषी कसैलाई छुटाउने र कसैलाई फसाउने प्रयत्न नहोस् भन्दै अडिओ सार्वजनिक गरिएको बताएका छन् ।बस्नेतले प्रकरणमा संलग्न देखिएका आरजु र पूर्वमन्त्री खाँड दम्पत्ती विरुद्ध तत्काल पक्राउ पुर्जी जारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायण काजी श्रेष्ठलाई आग्रह गरेका छन् । उनले दोषीलाई कारबाहीको दायरामा ल्याउन नसके प्रधानमन्त्री र गृहमन्त्रीलाई पदबाट राजीनामा दिन समेत भनेका जनताटाइम्सले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...