मुगुमा हिम पहिरोमा परेर तीन जना मृत्यु



हाम्रो इकोनोमि

 

 

हिम पहिरोमा परेर तीन जना मृत्यु भएको छ । शनिवार जुम्लाको पातारासी गाउँपालिका-२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको मृत्यु भएको जनाइएको छ । उनीहरूको मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा मृत्यु भएको जुम्ला प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । १५ जनाको टोली शनिवार यार्सा सङ्कलनका लागि उक्त स्थानमा गएको थियो ।

उनले भने, ‘जिल्ला प्रशासन कार्यालय मुगुले मौसम राम्रो छैन भनेर खुलाएको नै रहिन्छ । जेठ ४ गते देखि मात्रै यार्सा सङ्कलनका लागि अनुमति दिएको थियो । उनीहरूलाई एक पटक फर्काएको थियो । तर, जबरजस्ती गरेर कता कुन बाटोबाट लुकेर गएछन् । घटनाको थप विवरण आउन भने बाँकी रहेको जुम्ला प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । १३ जना घर फर्किएको र ३ जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकार, प्रहरी कार्यालय मुगुले उद्धारका लागि पहल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...