५४ तोला सुनसहित दुगड ग्रुपका लेखापाल पक्राउ



हाम्रो इकोनोमि

 

 

भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र ८ चाँदीसहित व्यापारिक घरना दुगड ग्रुपका लेखापाल पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरीले रानी नाकातर्फ जाँदै गरेको को. २ च १४९५ नम्बरको इको भ्यानबाट बरामद सो सुनचाँदी बरामद गरेको हो । भ्यानमा दुगड ग्रुपका लेखापाल र उनकी श्रीमतीसँग सात लाख भारतीय रुपैयाँ समेत बरामद भएको छ । प्रहरीले पक्राउ गरेका विनोद कुमार मुरारका दुगड ग्रुपका लेखापाल हुन् । उनको घर भारतको विहार कटिहार हो । ६१ वर्षीय मुरारका सहित उनकी ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट सुनको ठूलो बिस्कुट ३ थान (३० तोला), सानो बिस्कुट ६ तोला, सिक्काहरू ३६ ग्राम, ४० ग्रामको १० थान सिक्का, कनौती ५.७८ ग्रामको दुई थान, इयररिङ ६.५० ग्रामको दुई थान गरी ५४ तोला सुन बरामद भएको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए ।

प्रहरीले १७ सय १९ ग्राम चाँदीको ११ थान ढिक्का, ९२.८० ग्राम बुनियाँ, २६८.३२ ग्रामको ७८ थान सिक्का बरामद गरेको छ । यस्तै चारमुखे कचौरा (दियो) ५०.१४ ग्रामको एक थान, सिँदुर राख्ने सिसी ५.४८ ग्रामको एक थान, थाल २४१४.०८ ग्रामको ६ थान, कचौरा ३९७.८४ ग्रामको ६ थान, चम्चा ३०३.४९ ग्रामको ६ थान, गिलास ३६८.८३ ग्रामको ६ थान, मड्की ३७.८८ ग्रामको एक थान, डिनरसेट ४ थान बरामद गरेको बाँस्तोलाले जानकारी दिए । प्रहरीले भारतीय रुपैयाँ ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ पनि बरामद गरेको छ । बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको रहेको छ । बरामद गरेको सुन, चाँदी र प्रतिवादीहरूलाई प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरीमा आज बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ

     महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले...

माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...