भुटानी शरणार्थी प्रकरण : अझै १०/११ जना पक्राउ पर्नसक्ने संकेत



हाम्रो इकोनोमि

 

 

 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा अझै कम्तीमा १० पक्राउ पर्ने देखिएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अझै १०/११ जना पक्राउ पर्न सक्ने बताएका हुन् ।

अझै पनि १०/११ जना व्यक्तिहरू पक्राउ पर्नुपर्ने प्रारम्भिक अवस्थाको कुरा हो,’ उनले भने, ‘अरू व्यक्तिहरू पनि थप अनुसन्धानको क्रममा कति पर्छन्, बिचबिचमै भएकाले अहिले नै भन्न सकिन्न। अहिले हामीसँग ८ जना हुनुहुन्छ । उहाँहरूसँगको अनुसन्धानबाट खुल्न आएका विषयले हाम्रो अनुसन्धानको अगाडिको बाटो खुल्छ । उनका अनुसार यो प्रकरणमा प्रहरीले सुरूमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। संगठित रूपमै ठगी गरेको पाइएपछि प्रहरीले यसलाई संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

परिसरले अहिलेसम्म यो प्रकरणमा आठ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि अनुसन्धान गरेको आज ४० औं दिन पुगेको छ ।  संगठित अपराधमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।  प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न अझै २० दिन छ ।

परिसरमा नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्दै प्रहरीमा २० वटा जाहेरी परेको थियो। जसमा एक सयभन्दा बढी पीडितको हस्ताक्षर रहेको एसएसपी कार्कीले बताए । अहिलेसम्म केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्देश शर्मा, सागर राई र सन्दीप रायमाझी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...