भुटानी शरणार्थी प्रकरण : अझै १०/११ जना पक्राउ पर्नसक्ने संकेत



हाम्रो इकोनोमि

 

 

 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा अझै कम्तीमा १० पक्राउ पर्ने देखिएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अझै १०/११ जना पक्राउ पर्न सक्ने बताएका हुन् ।

अझै पनि १०/११ जना व्यक्तिहरू पक्राउ पर्नुपर्ने प्रारम्भिक अवस्थाको कुरा हो,’ उनले भने, ‘अरू व्यक्तिहरू पनि थप अनुसन्धानको क्रममा कति पर्छन्, बिचबिचमै भएकाले अहिले नै भन्न सकिन्न। अहिले हामीसँग ८ जना हुनुहुन्छ । उहाँहरूसँगको अनुसन्धानबाट खुल्न आएका विषयले हाम्रो अनुसन्धानको अगाडिको बाटो खुल्छ । उनका अनुसार यो प्रकरणमा प्रहरीले सुरूमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। संगठित रूपमै ठगी गरेको पाइएपछि प्रहरीले यसलाई संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

परिसरले अहिलेसम्म यो प्रकरणमा आठ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि अनुसन्धान गरेको आज ४० औं दिन पुगेको छ ।  संगठित अपराधमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।  प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न अझै २० दिन छ ।

परिसरमा नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्दै प्रहरीमा २० वटा जाहेरी परेको थियो। जसमा एक सयभन्दा बढी पीडितको हस्ताक्षर रहेको एसएसपी कार्कीले बताए । अहिलेसम्म केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्देश शर्मा, सागर राई र सन्दीप रायमाझी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...