रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । कैलाली आएका अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीलाई आफूले रवि लामिछानेलाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताए ।

उनले भने, ‘छलफल भइरहेको छ पहिले पनि ल्याउने भन्ने सहमति भइसकेको थियो । मन्त्रालयको पनि टुंगो भइसकेको थियो । त्यही बेलामा लागू हुने अवस्थामा भएपनि निर्वाचनको कारणले रोकियो । अब यसलाई लागू गराउने कुरामा पनि पोजेटिभ कुराहरू छन् । गठबन्धनमा सामूहिक छलफल भएपछि टुंगिन्छ । अहिलेसम्म फाइनल भएका छैन ।’ रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्केपनि नागरिकता र राहदानीको दुरुपयोग विषयमा प्रभाव पार्न नमिल्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...