टोपबहादुर रायमाझी सम्पर्कविहीन, मोबाईलपनि स्विच अफ



हाम्रो इकोनोमि

 

 

नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी कहाँ छन् भन्नेबारे अहिले सर्वत्र चासो छ । प्रहरीले औपचारिक रूपमा उनी पक्राउ परेको जानकारी दिएको छैन । न त उनी कहाँ छन् भन्ने एकिन रूपमा बताएको छ । उनी कहाँ छन् भन्नेबारे विभिन्न अडकलबाजी भइरहेको छ ।

बुधबार साँझ गृहजिल्ला अर्घाखाँचीमा भएको एउटा कार्यक्रम सकेर रायमाझी बुटवल आएका थिए । आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी सञ्चारकर्मीलाई प्रतिक्रिया दिएर अर्घाखाँचीबाट हिँडेका थिए । पछिल्लो समय उनको फोन स्विच अफ छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र रायमाझी अर्घाखाँचीको कार्यक्रममा सँगै थिए । उनीहरू दुई जना सँगै बुटवलसम्म आएका थिए ।

रायमाझी बुधबार बुटवल बस्ने भन्दै एउटा होटलमा कोठा समेत रोकेका थिए । तर पक्राउ पुर्जी जारी भएपछि कोठा रद्द गरी बुधबार राति नै भैरहवाबाट काठमाडौंका लागि जहाजको टिकट लिएका थिए । पछि उनी जहाजको टिकट पनि रद्द गरी सम्पर्कविहीन भएको रूपन्देही प्रहरीको भनाइ छ । रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बिकले रायमाझीको खोजी भइरहेको बताए । ‘उहाँ अहिलेसम्म पक्राउ परिसक्नु भएको छैन,’ बिकले भने ।

गृह मन्त्रालय स्रोतका अनुसार रायमाझीको अन्तिम लोकेसन भैरहवामा ट्र्याक भएको छ । त्यसपछि उनी सम्पर्कविहीन भएका हुन् । उनी भारत गएको पनि देखिँदैन । यो प्रकरणको अनुसन्धानको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले रायमाझी अहिलेसम्म पक्राउ नपरेको बताए। उहाँ पक्राउ पर्नुभएको छैन । अहिले हामी खोज्दैछौं उनले भने ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्यामलाल ज्ञवालीले पनि उनी पक्राउ नपरेको र कहाँ छन् भन्ने पनि थाहा नभएको बताए । कहाँ छन् भन्ने थाहा भएपछि भए पक्राउ पर्छन् । पुर्जी नै जारी भइसकेको व्यक्तिलाई प्रहरीले पक्राउ गर्छ,’ उनले भने, ‘पुर्जी जारी भएको थाहा पाएँ भनेर आफैं पनि उपस्थित हुन सक्छन् । त्यही योजना बनाएका होलान् ।

प्रतिक्रिया दिनुहोस
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...

आज ४ बजे देखि भोलि बिहान ६ बजे सम्म तीव्र गतिको हावाहुरी चल्ने

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु...