रविका ड्राइभर दुर्घटनावश खसेको प्रहरीको प्रारम्भिक निष्कर्ष



हाम्रो इकोनोमि

 

 

घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको दुई दिनअघि निधन भयो । दुर्घटनापछि उनी लगातार अचेत थिए । चालक थापाको मृत्युलाई लिएर अहिले सामाजिक सञ्जालमा लामिछानेका विरोधीहरूले विभिन्न टीकाटिप्पणीहरू गरिरहेका छन् । एमालेका नेता महेश बस्नेतले समेत थुप्रै प्रश्नहरू उठाएका छन् । सामाजिक सञ्जालमा उनले एउटा अडियो क्लिप पनि सेयर गरेका छन्, जसमा सुनिने आवाज रवि लामिछानेका ड्राइभरको भएको दाबी गरिएको छ ।

यस अडिओका विषयमा हामीले घटनाको अनुसन्धान गरिरहेको चितवन प्रहरीसँग बुझ्न खोज्यौँ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले अडिओका विषयमा जानकारी नरहेको बताए । सामाजिक सञ्जालमा धेरै फेक कुराहरू पनि आउँछन् । त्यसको पछि लागेर साध्य हुँदैन । हामीलाई त्यस्तो कुनै खालको अडियो प्राप्त भएको छैन,’ उनले भने ।

दुर्घटना भए लगत्तै थापा अचेत भएका थिए । तत्काल भरतपुरस्थित पुरानो मेडिकल कलेज लगेर उनलाई भेन्टिलेटरमा भर्ना गरिएको थियो । भोलिपल्ट उनलाई एयर लिफ्ट गरी काठमाडौं ल्याएर मेडिसिटीमा राखिएको थियो । १५ दिनसम्म निरन्तर कोमामा रहेपछि उनको निधन भएको हो । मेडिसिटी अस्पतालका अनुसार यस अवधिमा उनी निरन्तर अचेत वा कोमाको अवस्थामा थिए । कोमामा रहेका बिरामीले त्यसरी बोल्न सक्ने सम्भावना नै नहुने अस्पताल स्रोत बताउँछ ।

सार्वजनिक भएको अडिओको यथार्थ हामीलाई जानकारी भएन, यहाँ ल्याएदेखि उहाँको होस नै खुलेको छैन,’ अस्पताल स्रोतले भन्यो । चितवन प्रहरीले थापा घरको छतबाट कसरी खसे भन्नेबारे अनुसन्धान जारी राखेको छ । अढाई तल्ले घरको माथिल्लो तल्लामा रहेको कोठामा रास्वपा महामन्त्री डा. मुकुल ढकालका सवारी चालकसँगै थापा सुतेका थिए । उनीहरू दुवैले सुत्नुअघि मदिरा सेवन गरेको पुष्टि भएको छ ।

प्रहरीले घटना भएको दिन उनीसँग सुतेका डा ढकालका चालकसहित केहीको पोलिग्राफसमेत लिएको छ । जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले अहिलेसम्मको अनुसन्धानमा दुर्घटनाजस्तो देखिएको बताए । घरमै सेक्युरिटी गार्ड र नजिकै प्रहरी विट छ । थापाजी खस्नु भएको लगभग १५ सेकेन्डमै हामी त्यहाँ पुगेका छौँ’, एसपी कार्कीले भने । घटना भएको रात रवि र उनको परिवार अढाई तले घरको भुईँ तलामा सुतेका थिए । रास्वपा केन्द्रीय सदस्य दीपक बोहरा र उनको परिवार पहिलो तलामा रहेको प्रहरीले जनाएको छ । उहाँहरू अबेरसम्म मदिरा सेवन गरेर सुत्नु भएको रहेछ । कतै बेहोसीमा बाहिर निस्कँदा शरीर अनियन्त्रित भएर खस्नुभयो कि भन्ने आशंका गर्ने ठाउँ छ,’ एसपी कार्कीले भने ।

थापालाई नजिकबाट चिन्नेहरूले उनी कहिलेकाहीँ राती सुत्दा एउटा खाटमा र बिहान उठ्दा अर्कै खाटमा देखिने गरेको पनि बताएका छन् । प्रहरीले आवश्यक परे रवि लामिछाने र दीपक बोहराको पनि पोलिग्राफ लिइने तर अहिले त्यो अवस्था नदेखिएको जनाएको छ ।
प्रहरीले डा. मुकुल ढकालका चालकसँग भने तत्कालै सोधपुछ गरेको थियो । उनले आफूलाई घटनाका विषयमा पछि मात्रै थाहा भएको बताएका छन् । ती चालकको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘म निदाइरहेको थिएँ, उठेर बाहिर निस्किएको थाहा पाइनँ ।

उनको भनाइमा शंका गर्ने ठाउँ नभेटिएपछि प्रहरीले छाडेको थियो । घटनाको अनुसन्धान सकिन समय लाग्ने चितवन प्रहरीका प्रवक्ता पण्डितले बताए । हामी अनुसन्धानकै क्रममा छौं । अनुसन्धानको सबै प्रक्रिया पूरा भएर अन्तिम निष्कर्षमा पुग्न समय लाग्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...