भुटानी शरणार्थी काण्ड : सचिव टेकनारायण पाण्डे पक्राउ



हाम्रो इकोनोमि

 

 

भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । तत्कालीन गृहसचिव रहेका पाण्डेको संलग्नता आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

अनुसन्धानका लागि प्रहरीले पाण्डेलाई पक्राउका लागि अनुमति मागेको थियो । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने गिरोहमा सरकारी उच्च अधिकारीहरूको पनि संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको सुई गृहका तत्कालीन अधिकारीतिर तेर्स्याएको थियो । यसै सिलसिलामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...