भुटानी शरणार्थी काण्ड : सचिव टेकनारायण पाण्डे पक्राउ



हाम्रो इकोनोमि

 

 

भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । तत्कालीन गृहसचिव रहेका पाण्डेको संलग्नता आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

अनुसन्धानका लागि प्रहरीले पाण्डेलाई पक्राउका लागि अनुमति मागेको थियो । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने गिरोहमा सरकारी उच्च अधिकारीहरूको पनि संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको सुई गृहका तत्कालीन अधिकारीतिर तेर्स्याएको थियो । यसै सिलसिलामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...