घरमा ट्रक ठोक्किंदा तनहुँमा ३ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

तनहुँमा ट्रक पल्टिई घरमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ भने अरु ५ जना घाइते भएका छन् । आज बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा जिल्ला तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।

दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुस भुजेल,  वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेकाे खाँणले बताए । ५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...