रवि लामिछानेका चालकको आजै अन्त्येष्टि गरिने



 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु)को मंगलबार नै अन्त्येष्टि गरिने भएको छ। रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापाको शवलाई केहीबेरपछि पोष्टमार्टमका लागि पाटन अस्पताल लगिने छ । पोष्टमार्टमपछि पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने उनले बताए ।

‘परिवारका सबै सदस्य आइसक्नुभएको छ । शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी छ । पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ,’उनले भने । घरको छतबाट खसेर घाइते भएका चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो । अस्पताल स्रोतका अनुसार  दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो । सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान  पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए ।सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो  । सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो ।

घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए । थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए । अरू कुनै कारण देखिएन,’ उनले भने । प्रहरीले उनीहरूको कोठाबाट रक्सीका बोतल फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र