भाँडा किन्ने बहानामा पसलमा पसेका थिए निरा आचार्यको हत्यारा



हाम्रो इकोनोमि

 

 

सरस्वतीनगरकी निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्मा एक्लै जिम्मेवार रहेको प्रहरीले जनाएको छ । आज पत्रकार सम्मेलन गरी प्रहरीले अहिलेसम्मको अनुसन्धानबारे जानकारी दिएको हो । प्रहरीका अनुसार झापामा बाउन्सरको काम गर्ने विश्वकर्मा घटनाको एक हप्ताजति अगाडि काठमाडौं आएर लोकन्थलीमा साथीको घरमा बसेका थिए । घटनाको दिन उनी लोकन्थलीबाट सात बजे बस चढेर केएल टावर पुगेको र त्यहाँबाट निरा आचार्यको पसलमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एसएसपी दिनेश आचार्यले बताए ।

आचार्यका अनुसार सुरुमा पसलमा गएर उनले भाँडाको मोलमोलाइ गरेका थिए । केही भाँडाहरु रोजिसकेपछि पैसा निकालेर ल्याउने बहानामा पसलबाट निस्किएको उनले जानकारी दिए । पसलबाट निस्किएएर १०/१५ मिनेटपछि दिउँसो २ः४४ मा फेरि फर्केर आक्रमण भएको देखिएको छ’, उनले भने । विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेका थिए । उनले कुनै हतियार लगेका थिएनन् । हत्यापछि उनी त्यहीँ लुगा फेरेर निस्किएको र  टेम्पु चढेर भागेको प्रहरीले जनाएको छ ।

आचार्यका अनुसार विश्वकर्माले निरुले लगाएको करिब एक ताेलाकाे सिक्रीका साथै पसलको ड्रयरबाट ११/१२ सय रुपैयाँ लुटेका छन् । लुटेकाे सिक्री उनले सुन पसलमा बेच्न भ्याइसकेका थिए । प्रहरी उक्त सिक्री पनि फेला पारेकाे छ । विश्वकर्माले अपराध स्वीकार गरिसकेको आचार्यले जानकारी दिए । आफू ऋणमा रहेकाले पैसाकै लागि लुटपाट गरेको विश्वकर्माले बयान दिएका छन् । उनको घरमा श्रीमती हुँदाहुँदै अन्यत्र अफेयर रहेको पनि खुलेको छ । मृतक र उनको परिवारसँग विश्वकर्माको कुनै सम्बन्ध र चिनजान देखिएको छैन । उनी झापाबाट हत्याकै नियतले भने नआएको एसएसपी आचार्यले जानकारी दिए । हत्यामा लुटपाट भन्दा अर्काे उद्देश्य नभेटिएकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...