भाँडा पसलकै चक्कुले निराको हत्या



हाम्रो इकोनोमि

 

 

काठमाडौंको सरस्वतीनगरमा वैशाख १० गते निरा आचार्यको हत्यामा उनकै भाँडा पसलको चक्कु प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । हत्या गरेर चारदिन काठमाडौंमा नै बसेका आरोपी विनोद विश्वकर्मा १२ गतेमात्रै झापा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । झापाबाट पक्राउ गरी काठमाडौं ल्याइएका विकको भनाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘घटना वैशाख ७ गते घटेपछि १२ गतेसम्म काठमाडौंमा नै थिए । चारदिनपछि मात्रै झापा गएको हुँ ।’ निराको मुख थुनेर पसलमा रहेको चक्कु प्रहार गरी आफूले नै हत्या गरेको उनले स्वीकार गरेका छन् ।

घटनापछि उनले पसलभित्रै लुगा फेरेर भागेको बताएका छन् । प्रहरीका अनुसार घटनास्थलमा मास्कबाहेक उनको लुगा पनि भेटिएको छ । सम्भावित सीसी टिभी फुटेज वा आफ्नो हुलियाको प्रमाण नहोस् भनेर उनीभित्र जाँदा एउटा र हत्या गरेर फर्किँदा अर्कै लुगा लगाएको अनुसन्धानमा संलग्न एक अधिकारीको आशंका छ । उनले सिक्रीसँगै केही नगद पैसा पनि लगेर गएको बुझिएको प्रहरीले जनाएको छ । सिक्री भने प्रहरीले बरामद गरेको छ । प्रहरीले उनलाई केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...