सिन्धुलीमा कार दुर्घटना, दुईको मृत्यु, एक गम्भीर घाइते



हाम्रो इकोनोमि

 

 

सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  आइतबार बिहान काठमाडौंबाट सिन्धुलीमाढी जाँदै गरेको बा ८ च ९१३५ नम्बरको रातो ग्रेटवाला कार सिन्धुलीको कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङ नजिकै घुम्तीमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

कार चालक झापा चारपानेका ४३ वर्षीय कुमार पुरी र सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौंको गौरीघाट बस्दै आएका  ३८ वर्षीय सहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको  सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

गम्भीर घाइते भएका प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि काठमाडौँ पठाइएको डिएसपी दाहालले बताए । उनका अनुसार कार अनियन्त्रित भइ सडकबाट २० मिटर तल भिरमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...