एनसेलले अब ९७० रेञ्जबाट नयाँ मोबाइल नम्बर उपलब्ध गराउने



हाम्रो इकोनोमि

 

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियटाले अब ९७० रेञ्जबाट प्रयोगकर्तालाई मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । एनसेलले बिहीबार एक सूचना जारी गर्दै ९८० रेञ्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको रेञ्जमा सिमकार्ड सकिएकोले अब ९७० बाट नयाँ नम्बर उपलब्ध गराउन लागेको जनाएको छ।

सूचनामा भनिएको छ, ‘यस एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्धारा मिति २०७९/१२/६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७०xxxxxxx देखि सुरू हुने नयाँ मोबाइल नम्बर सुचारू गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौं,’

एनसेलले दूरसञ्चारको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ नम्बरिङ रेञ्जका लागि स्वीकृति पाइसकेको  र सोही अनुरुप अब ९७० बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्न कम्पनीले जनाएको छ । यता, राष्ट्रिय नम्बर योजनाले जीएसएमअन्तर्गत एनसेललाई ९८०, ९८१ र ९८२ गरी तीन फरक रेञ्जमा नम्बर उपलब्ध गराएको दूरसञ्‍चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कुनै पनि रेञ्जमा एक करोड नम्बरहरु उपलब्ध हुन्छन्।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...