सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कुनै कारण नदेखिएको बताएका छन् । मंगलबार चितवन-२ को मतगणना स्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले सरकालाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने संकेत गरेका हुन् ।

चितवन-२ उपनिर्वाचनको जित नजिक पुगेका लामिछानेले सरकारलाई दिएको समर्थनको समिक्षा गरेर समर्थन फिर्ता लिने उल्लेख गरे । ‘त्यसको समिक्षा हुन्छ । अहिले मैले देखिरहेको छैन्, त्यसलाई कायम राख्नुपर्ने, त्यसको कारण देखिरहेको छैन् । र यसपछि हामी वार्ता गर्छौ ।’

उनले सरकारले भ्रष्टाचारको फाइल नखोल्ने निर्णय गरेको आरोप लगाउँदै सरकारलाई समर्थन दिनुको कुनै औचित्य नरहेको तर पनि वार्ता भने गर्ने बताए । सभापति लामिछानेले अहिलेको अवस्थामा सरकारलाई समर्थन गरेर सरकारमा जाने अवस्था नरहेको समेत स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...