गोविन्दराज जोशीको वडामा स्वर्णिमलाई ६० प्रतिशत मत



हाम्रो इकोनोमि

 

 

आइतबार भएको उपनिर्वाचनअन्तर्गत तनहुँमा मतगणना जारि छ । गएराति पौने १२ बाट सुरू भएको गणनामा भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिका गरी अहिलेसम्म १७०७७ भोट गनिसकिएको छ । सुरुदेखि नै लिड गरिरहेका रास्वपाका डा. स्वर्णिम वाग्लेले त्यसलाई कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार रास्वपाका स्वर्णिम वाग्लेको ९४८३, कांग्रेसका गोविन्द भट्टराईको ४४७२ र एमालेका सर्वेन्द्र खनालको २५६० मत छ ।

यसैबीच कांग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको वार्ड भानु-११ मा रोचक नतिजा देखिएको छ । उक्त वडामा २०१४ मतमध्ये रास्वपाका वाग्लेले झण्डै ६० प्रतिशत मत पाएका छन् । यहाँ स्वर्णिमले १२०२ मत ल्याउँदा गोविन्दले ५९३ र सर्वेन्द्रले १८३ मत पाए । उपचुनावलाई मध्यनजर गर्दै कांग्रेसले कारबाहीको फुकुवाको निर्णय गरेपनि जोशी समूहले त्यसलाई अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...