सेभ द चिल्ड्रेनको “साथी ”अभियान सुरु



हाम्रो इकोनोमि

 

 

वायु प्रदूषणबारे नेपालभर जनचेतना फैलाउने उद्देश्यसहित सेभ द चिल्ड्रेनले “साथी ”अभियान सुरु गरेको छ। विश्वमा नै नेपालको संघिय राजधानी काठमाडौं ज्यादै प्रदूषित शहरको सूचीमा सूचिकृत भएकाले पृथ्वी दिवसको अवसर पारेर सेभ द चिल्ड्रेनले जनचेतना फैलाउन यो अभियान सुरु गरेको हो । यस अभियानमा साथी अर्थात सेतो टेडि बियर लिएर अभियन्ताहरू ६ महिनासम्म नेपालभर वायु प्रदूषणबारे जनचेतना फैल्याउने कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् । अभियानलाइ अन्य संघसंस्था र बालबलिका तथा युवा अभियन्ताको पनि संलग्नता रहने जनाइएको छ ।

सेभ द चिल्ड्रेनकी राष्ट्रीय निर्देशक, हेदर क्याम्पबेलका अनुसार “साथी एयर बियर वायु प्रदुषणका कारण बालबालिकाको स्वास्थ्य र भविष्यमा पर्ने प्रभावको प्रतिक हो । यसले बढ्दै गरेको प्रदुषण र जलवायु परिवर्तनले कसरी बालबालिकाको भविष्य माथि खेलवाड गरिरहेको छ र किन हामी यसबारे सचेत हुनु पर्छ भन्ने बारे झकझकाउने काम गर्छ । ६ महिनाको अवधिमा चार मिटर अग्लो सेतो भालु वा टेडि बियरलाई नेपालका विभिन्न क्षेत्रमा दि–गो कम्पनीले प्रदान गर्ने विद्युतीय सवारीमा राखेर डुलाईने सेभ द चिल्ड्रेनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...