केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने प्रचण्डको घोषणा



हाम्रो इकोनोमि

 

 

 

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने घोषणा गरेका छन् । कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामार्फत नै कम्युनिष्ट ध्रुवीकरण सुरु हुने समेत बताएका हुन् ।

उनले विभिन्न कारणले यसअघि नेकपा दुर्घटना परेको उल्लेख गर्दै लाखौं कार्यकर्ता र जनताले अनुमोदन गरेको नेकपातर्फ फर्किन पहल गरिने धारणा व्यक्त गरेका छन् । मोर्चा र एकताको अभियान सुरु गरेपछि एमालेभित्रै पनि डिवेट सुरु हुने प्रचण्डको दाबी छ । उनले आग्रह वा पूर्वाग्रहमा नगई देशको आवश्यकतालाई दृष्टिगत गर्दै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टबीचको एकतालाई तीव्रताका साथ अघि बढाइने बताए । उनले मुलुकमा देखिएका विभिन्न समस्या समाधानका लागि पनि विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा समान भएका दलहरू एक भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्वार्थका लागि हुने एकताले सार्थकता नपाउने जिकिर गरे । समाजवादी क्रान्तिको कार्यदिशा, लक्ष्य, सिद्धान्तमा वैचारिक एकता भएपछि मात्रै पार्टी एकता गर्नुपर्ने उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...