प्रचण्ड-ओलीबीच साढे दुई घण्टा छलफल



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा बिहान ९ बजेदेखि साढे ११ बजेसम्म छलफल भएको हो । छलफलमा प्रधानन्यायाधीश नियुक्ति, संसदीय सुनुवाइ समिति गठन, संवैधानिक परिषद्सम्बन्धी कानून निर्माण, टीआरसी विधेयक लगायको बिषयमा छलफल भएको बताइएको छ ।बुधबार बसेको संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा कुरा मिल्न सकेको थिएन । अब संवैधानिक परिषद्का सदस्य समेत रहेको राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना रुसबाट फर्केपछि बैठक बस्ने तयारी छ ।

बुधबारको बैठकमा प्रधानमन्त्रीले प्रधानन्यायाधीश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, ओलीले सहमति जनाएका थिएनन् । आजको बैठकमा प्रधानन्यायाधीशसहित संसदीय सुनुवाइ समिति गठनलगगायको विषयमा छलफल भएको बताइन्छ । यसअघि ओली निवास बालकोटमा बसेको तीन दलको शीर्ष नेताहरूको बैठकमा चाँडै प्रधानन्यायाधीश नियुक्ति गर्ने सहमति भएको छ । त्यहीअनुसार अहिले दलहरू गृहकार्यमा लागिरहेका छन् । त्यसो त आजै सुर्खेत पुगेका उपप्रधान तथा रक्षा/कानून मन्त्री पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भइरहेकाले केही दिनमै टुंग्याउने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...