जनताको सेवक बनेर काम गर्छु : उम्मेदवार न्यौपाने



हाम्रो इकोनोमि

 

 

उपनिर्वाचनमा नेकपा (एमाले)बाट चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले जनताको सेवक बनेर काम गर्नु बताएका छन् । आज बिहान नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै न्यौपानेले भने, “म निर्वाचित भएर गएपछि सांसद होइन, तपाईँहरुको सेवक बनेर काम गर्छु ।

देशमा यहाँ किसान, व्यवसायी, महिला, युवा सबैका समस्या रहेका उल्लेख गर्दै उम्मेदवार न्यौपानेले सबै समस्याको समाधानका लागि सरकारलाई दबाब दिने बताए । “यहाँ धेरै समस्या छन्, सबै समस्या एकपटक समाधान हुँदैनन्” न्यौपानेले भने, “प्राथमिकताको आधारमा समस्या समाधानका लागि मेरो प्रयास रहन्छ ।” अहिलेसम्म आफूले कुनै पनि गलत काम नगरेको र अबका दिनमा पनि गलत नगर्ने उनले प्रतिबद्धता जनाए । भरतपुरलाई व्यवसायिक केन्द्रको रुपमा विकास गर्दै इच्छाकामनालाई पर्यटकीय क्षेत्र तथा कालिका नगरपालिकापालिकालाई औद्योगिक क्षेत्रकोरुपमा विकास गर्ने आफ्नो योजना रहेको न्यौपानेको भनाइ छ । भरतपुर देशकै केन्द्रमा रहेको यहाँ स्वास्थ्य, शिक्षासँगै व्यापारको साम्रो सम्भावना भएकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित हुने न्यौपानेले बताए । चितवनको विकास निर्माणमा यहीँका युवाहरुको सहभागिता गराउने गरी आफूले योजना तयार पार्ने उनले बताए ।

 

सुन्दर चितवन, समृद्ध चितवन बनाउन महिला शक्तिको महत्वपूर्ण भूमिका हुने भन्दै आफूहरुले महिलाको सम्मान गर्दै आएको न्यौपानेले बताए । “नारी शक्तिका विरुद्ध अनर्गल प्रचार गर्ने र तथानाम गाली गर्ने प्रवृत्तिलाई हामी सहन गर्न सक्दैनौँ, त्यस्तो गर्नु भनेको समग्र नारीको अपमान गर्नु हो” उनले भने ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) चुनाव प्रचार–प्रसार समिति चितवनले आयोजना गरेको कोणसभालाई पूर्वमन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा अर्यालले सम्बोधन गर्दै महिलाहरुलाई माथि उठाउने सम्मान गर्ने एकमात्रै पार्टी नेकपा एमाले भएको बताइन् । “महिलालाई नेतृत्व दिनुपर्छ भनेर बहस र पैरवी गर्दै बोलेको कुरा प्रमाणित गरेर देखाउने पार्टी एमाले हो” उनले भनिन्, “महिला राष्ट्रपति, महिलानै पार्टीको जिल्ला अध्यक्ष बनाउने पार्टी पनि एमाले नै हो, त्यसैले हामी बोल्नेमात्रै होइन, गरेर देखाउँछौँ । एमाले सपना बाँड्ने पार्टी नभएको भन्दै बोलेका कुराहरु पूरा गर्ने पार्टी भएको अर्यालले बताइन् ।
महिलालाई माया गर्ने र महिलाको पक्षमा बोल्ने तथा कानून बनाउने पार्टी एमाले भएको अर्यालले बताइन् । “नारी शक्ति प्रदर्शन गर्न ¥याली गर्नु राम्रो हो, महिलाले चाह्यो भने सकारात्मक रिजल्ट दिन सक्छन्” अर्यालले भनिन्, “यसपटक युवा तथा चितवनकै माटोमा भिजेका रामप्रसाद न्यौपानेलाई सूर्यमा भोट हालेर जिताएर पठाउन महिला दिदीबहिनीहरुसँग आग्रह गर्न चाहान्छु ।” कोणसभा अघि अनेमसंघले नारायणगढको लायन्सचोकबाट वृहत ¥याली निकालेको थियो ।

महिलाहरुको अगुवाईमा निस्किएको ¥याली पुलचोक, मेनरोड, लिलाचोक हुँदै पोखरा बसपार्कमा पुगेर सभामा परिणत भएको थियो । सभाको अध्यक्षता नेकपा एमालेकी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य शिवकुमारी गोतामेले गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसको सभापतिमा उम्मेदवारी दिँदै विमलेन्द्र निधि

    नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ...

सरकारको चार महिनामा १ खर्ब ४० अर्ब ९३ करोड साँवा-ब्याज भुक्तानीमै खर्च

    सरकारले सार्वजनिक ऋण परिचालन गरेर प्राप्त गर्ने स्रोतको ठूलो हिस्सा पुरानै...

तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

     नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख...

सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिलालाई...