उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ।स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारत लगिएको हो । त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थलमा राष्ट्रपति पौडेललाई बिदा गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र भारतीय राजदूत नवीन श्रीवास्तव पुगेका थिए ।

पौडेलको उपचार नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) अस्पतालमा हुनेछ । बिहान साढे ९ बजे भारत प्रस्थान गरिसक्ने भनिएपनि केही ढिलो भएको राष्ट्रपति सचिवालयले जनाएको छ । परिवारको आग्रहमा उनलाई थप उपचारका लागि भारत लैजान लागेको हो ।

महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनी मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । केही दिनअघि पनि पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...