कालिकामा एमाले पुरानै लयमा फर्कियो



हाम्रो इकोनोमि

 

 

 

चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले आफ्नो चुनावी प्रचार प्रसारलाई आक्रमक रुपमा अगाडि बढाएको छ । दैनिक भइरहेका घरदैलो र भेटघाटमा पाटीका गतिविधिमा जनसहभागिता बढाउदै लगेको एमालेले आफ्नो पुरानो जनमत फर्काउनेगरी अभियान चलाइरहेको स्थानिय नेताहरुले बताएका छन् । पालिकामा रहेका सवै वडामा घरदैलो र जागरण अभियानलाई तीव्रता दिएको एमाले कालिका नगर कमिटीका अध्यक्ष केशव लामाले जानकारी दिनुभयो । टोलस्तरमा सामूहिक छलफल र घरघरमै भेटघाट भइरहेको बताउँदै लामाले हिजोका कमीमजोरी मसिनो गरी समीक्षा भएकाले पार्टी पुरानै लयमा फर्किएको बताउनुभयो ।

नेकपा एमालेले अयोजना गरेको मिसन ग्रास रुट अभियानमा टोलटोलमा पुगेको एमाले अहिले चुनावी अभियानमा जनस्तरमै पुगेको अध्यक्ष लामाले बताउनुभयो । यसअघि मंसिर ४ मा भएको निर्वाचनमा कम मत प्राप्त भएपछि पालिकास्तरका नेता कार्यकर्ता आफ्नो जनमत फर्काउने अभियानमा लागेका थिए । चितवन निर्वाचन क्षेत्र २ मा पर्ने कालिकामा अहिले सबैको चासो रहेको छ । गत स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख जितेको एमालेले प्रतिनिधि सभाको चुनावमा सोचे अनुसारको मत प्राप्त गर्न सकेको थिएन । वैशाख १० गते हुने उप निर्वाचनका लागि एमालेले पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवारसँगैको घरदैलो कार्यक्रममा विगतको भन्दा धेरै जनसहभागिता बढेको अध्यक्ष लामाले जानकारी दिनुभयो । निर्वाचनको प्रचार प्रासरका क्रममा देखिएको जनसहभागिताले यसपटक कालिकामा एमालेले मत बढाउने अधार देखिएको जानकारी दिँदै एमालेका प्रदेश कमिटी सदस्य एवम् कालिका नगर इन्चार्ज टीका रिजालले धेरै भ्रमहरु चिरिएको र पार्टीको अभियान टोल स्तरमा पुगेको जानकारी दिनुभयो । कालिकमा एमाले पुरानै लयमा फर्किएको बताउदै उहाँले गत स्थानीय तहमा पार्टीलाई प्राप्त भएको मत यसपटकको उपनिर्वाचनमा ल्याउन सक्नेगरी आन्तरिक तयारी सहितको अभियान चलाइएको जनकारी दिनुभयो । ११ वडा रहेको पालिकामा अहिले चुनावी अभियान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...