कालिकामा एमाले पुरानै लयमा फर्कियो



हाम्रो इकोनोमि

 

 

 

चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले आफ्नो चुनावी प्रचार प्रसारलाई आक्रमक रुपमा अगाडि बढाएको छ । दैनिक भइरहेका घरदैलो र भेटघाटमा पाटीका गतिविधिमा जनसहभागिता बढाउदै लगेको एमालेले आफ्नो पुरानो जनमत फर्काउनेगरी अभियान चलाइरहेको स्थानिय नेताहरुले बताएका छन् । पालिकामा रहेका सवै वडामा घरदैलो र जागरण अभियानलाई तीव्रता दिएको एमाले कालिका नगर कमिटीका अध्यक्ष केशव लामाले जानकारी दिनुभयो । टोलस्तरमा सामूहिक छलफल र घरघरमै भेटघाट भइरहेको बताउँदै लामाले हिजोका कमीमजोरी मसिनो गरी समीक्षा भएकाले पार्टी पुरानै लयमा फर्किएको बताउनुभयो ।

नेकपा एमालेले अयोजना गरेको मिसन ग्रास रुट अभियानमा टोलटोलमा पुगेको एमाले अहिले चुनावी अभियानमा जनस्तरमै पुगेको अध्यक्ष लामाले बताउनुभयो । यसअघि मंसिर ४ मा भएको निर्वाचनमा कम मत प्राप्त भएपछि पालिकास्तरका नेता कार्यकर्ता आफ्नो जनमत फर्काउने अभियानमा लागेका थिए । चितवन निर्वाचन क्षेत्र २ मा पर्ने कालिकामा अहिले सबैको चासो रहेको छ । गत स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख जितेको एमालेले प्रतिनिधि सभाको चुनावमा सोचे अनुसारको मत प्राप्त गर्न सकेको थिएन । वैशाख १० गते हुने उप निर्वाचनका लागि एमालेले पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवारसँगैको घरदैलो कार्यक्रममा विगतको भन्दा धेरै जनसहभागिता बढेको अध्यक्ष लामाले जानकारी दिनुभयो । निर्वाचनको प्रचार प्रासरका क्रममा देखिएको जनसहभागिताले यसपटक कालिकामा एमालेले मत बढाउने अधार देखिएको जानकारी दिँदै एमालेका प्रदेश कमिटी सदस्य एवम् कालिका नगर इन्चार्ज टीका रिजालले धेरै भ्रमहरु चिरिएको र पार्टीको अभियान टोल स्तरमा पुगेको जानकारी दिनुभयो । कालिकमा एमाले पुरानै लयमा फर्किएको बताउदै उहाँले गत स्थानीय तहमा पार्टीलाई प्राप्त भएको मत यसपटकको उपनिर्वाचनमा ल्याउन सक्नेगरी आन्तरिक तयारी सहितको अभियान चलाइएको जनकारी दिनुभयो । ११ वडा रहेको पालिकामा अहिले चुनावी अभियान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...