माग सम्बोधन नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । अन्यथा राप्रपा पनि सडक संघर्षमा जाने राप्रपाको चेतावनी छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भत्र्सना गरेका छन् । ‘न्यायको माग गर्दै आएका मिटरव्याज पीडितहरुलाई सरकारले निर्मम ढंगले आक्रमण गरेको भन्दै उनले झडपको घटनाप्रति निन्दा र भत्र्सना गरेका हुन् ।

अध्यक्ष लिङ्देनले चेतावनी दिँदै भने, ‘सरकारले मिटरब्याज पीडितहरु र तराइमा आन्दोलनरत हरवाचरवाहरुको मागलाई समयमै सम्बोधन गरोस् । अन्यथा जिम्मेवार राजनीतिक पार्टीको नातो राप्रपा उनीहरुको साथमा सडक संघर्षमा जाने समेत घोषणा गर्न चाहन्छु । गरिब र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना देखाएको पार्टी (नेकपा माओवादी केन्द्र) र उसको नेतृत्व प्रधानमन्त्री भएका बेला गरिब र निमुखाहरुमाथि बर्बर आक्रमण हुनु दुखद रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...