रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्रन थाले



हाम्रो इकोनोमि

 

 

 

कोरोना भाइरसको महामारीपछि बन्द भएको नाका पूर्ण रुपमा सुचारु भएसँगै चीनबाट स्थलमार्ग हुँदै पर्यटक भित्रन थालेका छन् । अध्यागमन विभागका अनुसार रसुवागढी नाकाबाट पर्यटक भित्रन थालेका छन् । विभागको तथ्यांक अनुसार सोमबार रसुवागढी नाका हुँदै १७ जना चिनियाँ नागरिक नेपाल आएका छन् । जसमा ३ जना महिला छन् । यो नाकाबाट २४ जना चिनियाँ बाहिरिएका छन् । जसमा ७ जना महिला छन् ।

नेपालमा यस दिन कुल ६ हजार २०८ जना विभिन्न नाका हुँदै नेपाल भित्रिएका छन् । जसमा भारतीय स्थल नाकाबाट भित्रने भारतीय र नेपाली नागरिकको भने गणना हुँदैन । चीनतर्फका अन्य नाकाबाट भने यात्रु अझै भित्रिएका छैनन् ।

सोमबार त्रिभुवन विमानस्थलबाट कुल ५ हजार ९८० जना नागरिक नेपाल भित्रिएकोमा २ हजार ८५७ जना पर्यटक हुन् । काकडभिट्टा नाकाबाट ३८ जना भित्रिएकोमा ६ जना विदेशी हुन् । वीरगञ्जबाट ६ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिए । बेलहियाबाट ५७ जना विदेशी नागरिक नेपाल आएका छन् । यस दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका कुल १०३ जना मध्ये सबै नेपाली नागरिक थिए ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...