राष्ट्रपति पौडेलको छातीमा संक्रमण, त्रिवि शिक्षण अस्पतालमा उपचार हुदै



हाम्रो इकोनोमि

 

 

 

राष्ट्रपति रामचन्द्र पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ । फलोअप परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको हो । पौडेलका निजी चिकित्सक डा. निरज बमका अनुसार छातीको तल्लो भागमा संक्रमण देखिएकाले परीक्षण गर्न लागिएको हो ।

संक्रमणको कारणले पानी आउँछ । उहाँको बाँया छातीको तल्लो भागमा थोरै पानी देखिएको थियो । के कारणले संक्रमणको कारण थाहा पाउन परीक्षणका लागि पठाएका छौं’, डा. बमले भने । विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका थिए । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनी शीतल निवास फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...