राम न्यौपानेको घरदैलोमा मतदाताको साथ



हाम्रो इकोनोमि

 

 

वैशाख १० मा हुने उपनिर्वाचनमा नेकपा (एमाले)बाट चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेको घरदैलोमा व्यापक जनसहभागिता रहेको छ । न्यौपानेले चुनावी प्रचारप्रसारका क्रममा गरेको घरदैलोमा स्थानीय मतदाताको उत्साहजनक साथ र सहयोग देखिएको हो ।

अहिले न्यौपानेले भरतपुरका विभिन्न वडामा घरदैलो अभियानलाई तीव्र पारेका छन् । घरदैलोका क्रममा न्यौपानेलाई मतदाताले आफ्ना समस्या राख्ने, गुनासो पोख्ने तथा आशिर्वाद दिने गरेका छन् । न्यौपाने र नेकपा एमालेको पक्षमा जनलहर बढ्दै गएको नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले बताए ।

अघिल्लो निर्वाचनमा अन्यत्रै मतदान गर्दा दुःख पाएका गुनासो मतदाताको रहेको छ” ज्ञवालीले भने, “यसपटक सूर्यमा मतदान गर्दै रामप्रसाद न्यौपानेलाई जिताउँछौँ भन्दै घरदैलोमा स्थानीयको व्यापक सहभागिता बढ्दै गएको छ ।” नियत खराब भएको व्यक्तिका कारण चितवनमा पुनः निर्वाचन गर्नुपरेको भन्दै ज्ञवालीले चितवनको माटो चिनेको र जनताको समस्या बुझेको उम्मेदवार रामप्रसाद न्यौपाने भएको बताए । पहिले अन्यत्रै भोट हालेका मतदाताहरु यसपालि एमालेमा नै फर्किसकेका ज्ञवालीले बताए ।

बिहीबारको घरदैलोका क्रममा एमाले उम्मेदवार न्यौपानेले भरतपुर–४ मा स्थापना गरिएको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन समेत गरेका छन् । कार्यालयको उद्घाटन गर्दै न्यौपानेले अहिलेको अभियान देश बनाउने अभियान भएको बताए । “यो अभियान हाम्रा सन्ततिहरुको भाग्य र भविष्य निर्माण गर्ने अभियान हो, एउटा सन्देश प्रवाह गर्ने अभियान हो” उनले भने, “यो अभियानमा हामी निरन्तर लाग्ने छौँ र हामी जित्ने छौँ ।” एमालेले जित्ने भनेको ज्येष्ठ नागरिक, युवासहित सबै नेपालीको खुसीको कुरा भएको न्यौपानेको भनाइ छ ।

एमालेले जित्ने कुरा सभ्य समाज निर्माण गर्ने कुरा भएकाले एमालेले जित्ने न्यौपानेले बताए । न्यौपानेको घरदैलोका क्रममा स्थानीयले स्वास्थ्य, रोजगार, बाटोघाटोलगायतका विषयमा गुनासाहरु गरेका थिए । चितवनको सम्पूर्ण समस्याको बारेमा आफू जानकार भएको उल्लेख गर्दै न्यौपानेले आफूले जितेर गएमा चितवनका सबै समस्या समाधानतर्फ लाग्ने बताए । चुनाव प्रचारप्रसारका क्रममा बिहीबार भरतपुरको वडा नं ३ र ४ मा उम्मेदवारसहित एमालेका नेताहरु घरदैलोमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...