उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा पुनः निर्वाचन हुने



हाम्रो इकोनोमि

 

 

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा  दाेस्राे चरणमा निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी प्रतिस्पर्धामा थिए । ५० प्रतिशत मत कसैले पनि नल्याएपछि  दाे्स्राे चरणकाे मतदान हुने  भएको हो । महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । तर, अहिले चुनावी प्रतिस्र्पधामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत  ल्याउन सकेन् ।

कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पुर्‍याएनन् भने पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ । जसअनुसार दोस्रो चरणको मतदान आज हुने छ । निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई महत्वका साथ हेरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...