उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा पुनः निर्वाचन हुने



हाम्रो इकोनोमि

 

 

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा  दाेस्राे चरणमा निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी प्रतिस्पर्धामा थिए । ५० प्रतिशत मत कसैले पनि नल्याएपछि  दाे्स्राे चरणकाे मतदान हुने  भएको हो । महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । तर, अहिले चुनावी प्रतिस्र्पधामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत  ल्याउन सकेन् ।

कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पुर्‍याएनन् भने पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ । जसअनुसार दोस्रो चरणको मतदान आज हुने छ । निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई महत्वका साथ हेरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...